समाजमा आफन्त गुमाएर सडक पेटी, मठ मन्दिरमा बस्न बाध्य मानवलाई उद्धार गर्न।
सकेसम्म नीलसागरमा उद्धारगरिएको व्यक्तिहरुलै उपचार,उचित परामर्श,उहाँहरुको घर परिवार,आफन्त खोजविन गरि आफ्नै गृह पुनारिस्थापना गर्न।
मानसिक गुमाएर सडकमा आएका व्यक्तिहरु जुनसुकै जात,धर्म,वर्ण,सिद्दान्त र देशको वयेता पनि उद्धार गर्ने ।
आश्रममा बस्ने क्रममा उहाहरुको निधन भयो भने उहाहरुको धर्म अनुसार काजक्रिया गरिदिने।
यसका विभिन्न जिल्लाहरुमा शाखा विस्तार गरिदैछ र सकेसम्म सडक मानवलाई उद्धार गरि सहयोग गरि कुनै पनि ठाउमा दुखपुर्ण जिवन काट्न बाध्य मानवलाई उद्धार गरिने छ। हालसम्म सुर्खेत,गुकरिया र भुरिगाउँ
बर्दिया,दाङ्ग,दैलेख,पाल्पा र बाँकेको कोहलपुर,पोखरामा शाखा विस्तार भैसकेको छ वने अन्तरास्ट्रिय इस्थरमा छिमेकि राष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा शाखा विस्तार वैसकेको छ। देशकी मुटु काठमाणडौँमा मानार्थ सदश्य आदरणीय सुब्रता गजुरेल ज्युको पहलमा शाखा स्थापना गरिदै छ।