0
Your Cart
No products in the cart.

अध्यक्षको भनाई

 शुभचिन्तकहरू, सहयोगी मनहरू तथा समाजसेवी महानुभावहरूमा अभिवादन

नीलसागर सेवाश्रम असहाय, बेसहारा तथा घरबारविहीन व्यक्तिहरूको सेवा र पुनर्स्थापनाका लागि समर्पित संस्था हो। आश्रय, भोजन, स्वास्थ्य सेवा तथा मनोवैज्ञानिक सहयोग प्रदान गर्दै, हामी पीडितहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयत्न गरिरहेका छौँ

हाम्रा हालसम्मका सेवाहरू:
२४५ जना असहाय व्यक्तिहरूको दाहसंस्कार
६,८३२ जना हराएका वा छुटिएका परिवारका सदस्यहरूको पुनर्मिलन
६४५ जना असहाय बुवा-आमाहरूलाई आश्रय तथा सहयोग
६,८३२ जना मनोसामाजिक समस्याका दाजु-भाइ तथा दिदी-बहिनीहरू को पुनर्स्थापना
८५ जना अनाथ तथा बेसहारा बालबालिकाहरूको संरक्षण तथा शिक्षादीक्षा

यी कार्यहरू तपाईंहरूको सहयोग र विश्वासकै कारण सम्भव भएका छन्। समाजका असहाय र पीडित व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन, तपाईंहरूको निरन्तर साथ आवश्यक छ।

आउनुहोस्, मानव कल्याणको यो पवित्र यात्रामा हातेमालो गरौँ।

धन्यवाद!
डॉ. सरिता नीलसागर
अध्यक्ष, नीलसागर सेवाश्रम